
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।
आजै १ हजार १ सय ३३ जना डिस्चार्ज भएर घर फर्किएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या ६५ हजार २ सय २ पुगेको छ ।
आज २३ हजार ५ सय ७ सक्रिय केशहरु रहेका छन् । आज देशभर ४ हजार ३३ जना क्वारेन्टिनमा रहेका छन् ।