काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएको जानकारी दिएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

त्यस्तै एकैदिन १ हजार १३३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६५ हजार २०२ छ ।

अहिले नेपालमा २३ हजार ५०७ जनामा सक्रिय संक्रमण छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् ।


२०७७ आश्विन १९, सोमबार १६:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय