काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली आज दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ ।

त्यहाँ तैनाथ शान्ति मिसनमा खटिन नियमित अदलीबदलीको क्रममा पहिलो टोलीका ७८ जना नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कोभिड–१९ महामारीकाबीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको उक्त अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पूर्ण पालना गरिएको सेनाले जनाएको छ ।

यसैबीच, सुडानमा आफनो तोकिएको कार्यकाल पूरा गरीे नेपाली शान्ति सैनिकको एक टोली मङ्गलबार स्वदेश आइपुग्दैछ ।

२०७७ आश्विन १९, सोमबार १८:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय