
लहान । प्रहरीले सिरहाको मिर्चैया नगरपालिका ६ कटारी चौकस्थित एक होटलबाट गएराति आठजना जुवाडेलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले होटेलमा जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ५ हजार तथा ताससहित मिर्चैया ८ का २१ वर्षीय सियाराम महतो, २२ वर्षीय राजाराम साह, ३५ बर्षीय दिलीप नायक, २५ वर्षीय जितेन्द्र साह, २४ वर्षीय सरोजकुमार चौधरी, गोलबजार नगरपालिका १ का ३२ वर्षीय नातिकाजि राई, उदयपुरको कटारी नगरपालिका १ का २५ वर्षीय बिशाल सुनार र ३४ बर्षीय दानबहादुर राईलाई पक्राउ गरेको हो ।
यसैबीच आफूलाई प्रहरी भन्दै ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्नामा गाउँपालिकाका ३० वर्षीय मो।जाबिर रहेका छन् ।