File: Photo

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ६ सय ८० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३ हजार २३ जना रहेका छन् । कुल संक्रमित मध्ये ७२.५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १३ हजार २७९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९९ हजार ७५१ पुगेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १५ हजार ८७७ जना र संस्थागत आईसोलेसनमा ११ हजार १७६ जना छन् । तिमध्ये ३१८ जना संक्रमितको आईसियु र ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ७०३ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर र सुर्खेत गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ र मुस्ताङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५९० जनाको मृत्यु भएको छ ।

हिजो (बिहीवार) नेपालमा ४ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ६७५ जना संक्रमणमुक्त भएका थिए भने १२ जनाको मृत्यु भएको थियो ।

२०७७ आश्विन २३, शुक्रबार १६:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय