काठमाडौं । भारतमा थप ७४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७४ हजार ५३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७० लाख ५१ हजार ५४३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६० लाख ७४ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६८ हजार ३०९ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ८ हजार ३७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ९२१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

२०७७ आश्विन २५, आईतवार ०७:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय