
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिबिआर ६०० आर आर लाई नेपाली बजारमा भित्र्याएको छ ।
४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यस सिबिआर ६०० आर आर मा ५९९ सिसिको इञ्जिन क्षमता रहेको छ ।
६६ एनएम टर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० कि.मि प्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्ने बताइएको छ । ६ स्पिड गेयरबक्स रहेको यस बाइकको टप स्पिड २५० कि.मि. प्रति घण्टा रहेको छ ।
सुपर बाइकहरुको भिड एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य ३४,५०,००० निर्धारण गरिएको छ ।