
भक्तपुर: अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए ।