
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ महिला र ७ जना पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा सुनसरीका ३ जना पुरुष रहेका छन् भने काठमाडौंका एक महिला र २ जना पुरुष रहेका छन् ।
यसैगरी ललितपुरका १ जना पुरुष, चितवनकी एक महिला र रुपन्देहीका एक पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।