
- नेपालवाणी
जनकपुरधाम : विश्वव्यापी कोरोना महामारीलाई लक्षित गर्दै विश्व हात धुने दिवसको अवसरमा प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा हात धुने स्टेशन (ह्याण्ड वासिंग सेन्टर) जडान गरिएको छ । धनुषा जिल्लामा सेवाग्राहीको आउ-जाउ तथा भिडभाड हुने विभिन्न कार्यालयहरुमा हात धुने स्टेशन जडान गरिएको छ ।
विश्व हात धुने दिवस (१५ अक्टोर २०२०) र राष्ट्रिय हात धुने महाअभियान २०७७ को अवसरमा विहिवार जिल्ला प्रशासन कार्यालय धनुषाको मूल गेटमा हात धुने स्टेशन जडान गरिएको छ । जिल्ला समन्वय समिति एंव जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका धनुषाका प्रमुख रामदेव बनरैत यादव सहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयको मूल गेटमा ह्याण्ड वासिंग स्टेशन जडान गरी हात धोएर उद्दघाटन गरिएको छ ।
खुट्टाले प्याडल थिचेर पानी आउने र ह्याण्ड वास आउने तथा साबुन सहितका हात धुने स्टेशन जडान गरिएको सहयोगी संस्था समाज उत्थान युवा केन्द्र (सुयुक)ले जनाएको छ । युनिसेफ, एनसिभिको तथा समाज उत्थान युवा केन्द्र (सुयुक) धनुषाको सहयोगमा सरकारी कार्यालय तथा आइसोलेशन र क्वारेन्टाइन स्थलहरुमा हात धुने स्टेशन जडान गरिएको सुयुकका कार्यकारी निर्देशक सुजित कुमार मण्डलले बताए ।
जिल्ला प्रशासन कार्यालयलाई ह्याण्ड वासिंग स्टेशनसँगै तत्काल एक महिनालाई पुग्नेगरी ह्याण्ड वासिंग लिक्युड २० थान र साबुन १७० थान उपलब्ध गराएको छ । कार्यालयहरुमा जडत ह्याण्ड वासिंग स्टेशनको लागि चाहिने आवश्यक सामग्री तीन महिनासम्म उपलब्ध गराउने र व्यवस्थापनमा आंशिक सहयोग र अनुगमन गर्ने जनाएको छ ।
कोभिड १९ महामारी विरुद्ध लड्न तथा संक्रमणको सम्भावित जोखिमबाट बचाउन साबुन पानी नै अहिलेको उत्तम विकल्प रहेको यर्थातलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको बढी आउ-जाउ हुने तथा भिडभाड हुने कार्यालय, सार्वजनिक स्थल र अस्पताल, आइसोलेशन सेन्टर तथा क्वारेन्टाइन स्थलहरुमा हात धुने स्टेशन जडान गरिएको सहयोगी संस्थाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा जडान गरिएको चार ट्याप भएको हात धुने स्टेशनको उद्दघाटन गर्दै प्रमुख अतिथि रामदेव बनरैत यादवले सेवाग्राहीको अत्यधिक भिडभाड हुने कार्यालयमा हुने खतराबाट बचाउने विश्वास व्यक्त गरे । कार्यालयको मूल गेटमा कर्मचारी र सेवाग्राही आउने वितिकै ह्याण्ड वासिंग स्टेशनमा पुगेर साबुन पानीले हात धोएर मात्र भित्र गई काम काज गर्ने गराउने बानीको विकास गर्नुपर्ने जोड समेत दिए ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले कोरोनाको संक्रमणबाट बच्ने र लड्ने एक उपाय साबुन पानीले हात धुनु नै अहिलेको महत्वपूणर् तरिका भएकोले कर्मचारी तथा सेवाग्रहीहरुलाई कार्यालयमा आउने वित्तिकै हात धोएर मात्र भित्र प्रवेश गर्न आग्रह गरे ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक अधिकारी, धनुषाका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत, सशस्त्रका एसपी नरेन्द्र सेन, राष्ट्रिय अनुसन्धानका प्रमुख अभिनय कुमार सिंह, टेलिभिजन एशोसिएशन प्रदेश २ का अध्यक्ष विष्णु कुंवर, नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष अवधेश कामत, मधेशी पत्रकार समाजका अध्यक्ष सुभाष कणर् लगायतको उपस्थिति थियो ।
सुयुकले युनिसेफ, एनसिभिको सहयोगमा धनुषाको जिल्ला प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय, जनकपुर विमानस्थलमा, श्री श्रीगण (प्रादेशिक आइशोलेसन सेन्टर), प्रदेश मन्त्रालयको मुल गेट, गोपाल धर्मशाला क्वारेन्टाईन, यदुकूहा क्वारेन्टाईनमा (जनता एकाइ मावि), जिल्ला अदालत धनुषामा एक/एक ह्याण्ड वास सेन्टरको स्थापना गरेको छ । गसैगरी जानकी मन्दिर, प्रादेशिक अस्पताल, गंगुली आइसोलेशनमा २/२ वटा जडा गरि सकेको छ ।यसैगरी सशस्त्र प्रहरी कार्यालय मुजेलिया, नेपाल पत्रकार महासंघ धनुषा शाखामा समेत एक/एक थान ह्याण्ड वास स्टेशन जडान गर्ने योजना रहेको जनाएको छ ।