काठमाडौं । लकडाउनमा कोरोना भाइरसको नाममा मानिसहरु फलफूल र तरकारीमा कोरोना संक्रमण सर्छ कि सर्दैन भनेर कौतुहलता छाएको थियो ।

कतिपय ठाउँमा त कोरोना सर्ने डरले फलफू र तरकारी फालियो पनि । तर अरबिन्द मेडिकल कलेजले हालै गरेको एक अनुसन्धानमा तरकारी र फलफूलबाट कोरोना नसर्ने पत्ता लागेको छ ।

न्यूरोलोजिस्ट डाक्टर अजय सोडानी, डाक्टर राहुल जैन र डाक्टर कपिल तैलंगको रिसर्चमा यो कुरा प्रमाणित भएको हो । यो शोध इन्टरनेशनल जर्नल अफ कम्यूनिटी मेडिसनमा प्रकाशित गरिएको थियो ।

रिसर्चमा अस्पतालमा भर्ना भएका १० जना संक्रमितलाई सहभागी गराइएको थियो । त्यसमा पाँच महिला थिए भने पाँच पुरुष थिए ।

पाँच महिलामा लक्षण थिएनन् भने अन्यमा खोकी र ज्वरो थियो । रिसर्चका लागि शब्जी र फल संक्रमितको मुख र हातमा ३० मिनेटसम्म राखिएको थियो ।

जसमा पछि परीक्षण गर्दा कुनै संक्रमण पाइएन ।

२०७७ कार्तिक १, शनिबार ०९:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय