एजेन्सी: इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले शानदार जित हात पारेको छ । शनिबार राति युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ४–१ को जित दर्ता गरेको हो । लुकी शाको आत्मघाति गोलसंगै न्युक्यासलले खेलमा अग्रता बनाएको थियो । युनाइटेडका कप्तान ह्यारी मागुइरीले गोल गर्दै २३औं मिनेटमा खेल बराबरीमा ल्याए ।

खेलको अन्तिम समयमा मार्कुस रासफोर्डले उत्कृष्ट प्रदर्शन गरेपछि युनाइटेडले फराकिलो जित निकाल्यो । रासफोर्डले एक गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरेका थिए । खेल सकिन ४ मिनेट बाँकी छदाँ ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए ।

खेलको अन्तिम मिनेटमा विन विसाकाले रासफोर्डकै पासमा युनाइटेडलाई ३–१ ले अघि बढाए । इन्जुरी समयमा रासफोर्डलेनै गोल गर्दै युनाइटेडलाई ४–१ को शानदार जित दिलाए । अघिल्लो खेलमा टोटेनहमसंग ६–१ ले पराजित बनेपछि खेलमा फर्कन युनाइटेडलाई ठुलो जित आवश्यक देखिएको थियो ।

युनाइटेड लिगको सुरुवाती ४ खेलमा ६ अंक जोडेर १४औं स्थानमा छ । न्युक्यासल ५ खेलबाट ७ अंकसहित ११औं स्थानमा छ ।

२०७७ कार्तिक २, आईतवार ०८:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय