
जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका १ स्थित एउटै पोखरीमा दुई बालिका मृत फेला परेकी छन् ।
स्थानीय रामकुमार यादवको एक छोरी र उपेन्द्र यादवको एक छोरी पोखरीमा मृत फेला परेकी हुन् । हिजो विहानदेखि उनी दुबै बालिका हराइरहेकी थिइन् । हिजो साँझ एउटा र आज विहान अर्को बालिका एउटै पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक बालिकाको नाम र उमेर खुल्न सकेका छैन । प्रहरीले विस्तृत विवरण आउँन बाँकी रहेको जनाएको छ । अहिले दुवै बालिकाको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याएको छ ।