काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

हालसम्म विश्वमा ११ लाख १८ हजार २९४ जनाको मृत्यु भएको छ भने ४ करोड २ लाख ६८ हजार ४९६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ३ करोड १ लाख ११ हजार ७४८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७१ हजार ९७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा १ लाख १४ हजार ६४२ जनाको मृत्यु भएको छ भने ७५ लाख ४८ हजार २३८ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ६६ लाख ५९ हजार ८९५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७ लाख ७३ हजार ७०१ जना उपचाररत छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा आईतवार ५५ हजार ५११ जना संक्रमित थपिएका छन् भने ५७८ जनाको मृत्यु भएको छ । यो संख्या जुलाई १२ यताकै सबैभन्दा कम हो ।

२०७७ कार्तिक ३, सोमबार ०७:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय