
काठमाडौं । अग्रज पत्रकार माधवकुमार रिमालको निधन भएको छ । मैतीदेवीस्थित आफ्नै निवासमा आज दिउँसो उनको निधन भएको छोरी सरिता रिमालले जानकारी दिइन् ।
अङ्ग्रेजी पाक्षिक पत्रिका ‘स्पटलाइट’को करीब एक दशक उनी प्रकाशक एवं सम्पादक थिए ।
छयानब्बे वर्षीय रिमालसँग परराष्ट्र सेवामा रहँदा तत्कालीन पूर्वीपाकिस्तानमा नेपाली महावाणिज्यदूतका रुपमा काम गरेको अनुभव थियो । उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा बिहीबार बिहान अन्त्येष्टि गरिने छ ।
विसं २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भएकै दिन तत्कालीन राजा वीरेन्द्रसँग भेटघाट गर्ने उहाँ अन्तिम पत्रकार थिए । उहाँका तीन छोरा र दुई छोरी छन् ।