नेपालवाणी
जनकपुरधाम, कार्तिक ।
जनकपुरको एक वडाध्यक्षले आफ्नो वडाका बालबालिका, गर्भवती महिला एवं ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने घोषणा गरेका छन् । जनकपुरधाम वडा जनकपुरधाम उप–महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष जानकीराम साहले विजयादशमीको अवसरमा नव निर्मित वडा कार्यालयमा आफु पदमा रहुञ्जेल गरिब, दिन दुःखी, महिला तथ जेष्ठ नागरिकलाई निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।
वडा अध्यक्ष साहले बालबालिकालाई जनकपुर स्थित बाल अस्पताल र शिखा बाल क्लिनिक तथा गर्भवती महिलाको अल्ट्रासाण्ड डा. शम्भू साहले सञ्चालन गरेको स्वस्तिक अल्ट्रासाण्डमा वडाको सिफारिशमा निःशुल्क गरिने बताए । बिरामीका लागि सामान्य प्याथोलोजी सेवा जस्तै ब्लड, दिशा तथा पिसाब जाँचमा वडाको सिफारिसको आधारमा निः शुल्क गरिने जानकारी दिए ।


गर्भवती महिलाको उपचार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जियाउल हक, ज्येष्ठ नागरिकलाई डा. श्रीराम शर्मा र बालबालिकालाई डा. मोहम्मद जाफर राईनले बिना शुल्क उपचार सेवा प्रदान गर्ने वडाध्यक्ष साहले बताए । त्यस्तै, नगर सरसफाइका लागि कुनैपनि संघ–संस्था वा सरसफाइ अभियानीले फोहोर व्यवस्थापनका लागि गाडी सहयोग प्रतिबद्धता जनाए । उनले भने, ‘जनकपुर भरिमा सार्वजनक स्थल सरसफाईको लागि कसैलाई गाडी चाहिए म निःशुल्क उपलब्ध गराउँछु । छठ पर्वसम्म व्यक्तिगत तर्फबाट म गाडी निःशुल्क उपलब्ध गराउने घोषणा गर्दछु ।’


२०७७ कार्तिक ६, बिहीबार ०८:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय