
- नेपालवाणी
जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री कुशवाहाले विजयादशमी, शुभ दिपावली, समा-चकेवा तथा छठको शुभकामना दिनु भएको छ ।
मन्त्री कुशवाहाले नेपाल ओ.वि. सि. धनुषाको मिथिला नगरपालिका स्थित दल्केवरमा अयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम मार्फत हिन्दुहरुको महान चाड विजयादशमी, शुभ दिपावली, समा-चकेवा तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण नगरबासी, प्रदेशवासी तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु र समृद्धिको कामना गर्नुभएको छ ।
नेपालीहरुको विशेष चाडका रुपमा मनाइँदै आएको वडा दशैंले हिमाल, पहाड, तराई, मधेसलाई जोड्ने काम गरेको मन्त्री कुशवाहाले नेपालवाणी संग कुराकानी गर्दै बताए । साथै मन्त्री कुशवाहाले वर्षको दशैँ ‘जहाँ छौ, त्यही दशैं मनाउन’ सर्वसाधारणलाई अपिल गरेका छन् ।
