तिम्रो अनुपस्थितिमा शुरुमै लुकयौं घरभित्र
आज सँगै घुम्दैछौं, अँगालोमा बाँधेर पचाउन
आशमा यहि, हुने छ तिम्रो परास्त
म महुदिन , तिमी तिमी

बढाएको हात, मित्रतामा ढाल्ने यो चोखो मन
हेराउन बाध्य , छ डर हराएको नाटक
सम्हाल्न गाह्रो, अपरिचित छ महानुभाव
कसमकस गर्दै, छुने सबलाई छ कोसिस
षडयन्त्र हुदै गए विध्वंस , ठोस छ हाम्रो हिम्मत
सार्थक सपना गर्नु छ , तिमी सँगै बढाएर कदम
कोरोना ,तिमी तिमी छौ, म पनि के कम

त्रास र डर सबै परास्त गर्ने तकनीकि
डटेर असफल बनाइ , पाउने आकांक्षा बिशाल मुक्ति
हामी बाट म बने , पुनः म बन्दै हामी
तिम्रो दुषित चाल संसारै भरि नामी
थुनेर बच्चा देखि बृद्ध , समस्या बनाउदै संवेदनशील
दिनदिनै उक्लिदै , छ योजना तिम्रो जटिल
कोरोना ,तिमी तिमी छौ, हामी हामी

भयावह अदृश्य शक्ति , छ पिडित दृश्य तन
के गरिब ,के धनि , सबमा छ तिम्रो आफ्नोपन
फरक मात्र सेवा , कोइ जटिल त कसैलाई कम
तिमी तिमी छौ भने हामी के कम

हल्लउन हल्लायौ मानवता , तिम्रो छ त्यो दुषचरित्र
शारीरिक दुरि गर्दै कायम , प्रविधि बाट छौं निकट
साझा गर्दै सामाधान, नियाल्दै आफ्नो सक्षमता
समिक्षा गर्दै रणनीति, बढाएर आफ्नो पाइला
मर कि मार , मन्त्र जप्दै, गर्नु छ तिमीलाई परास्त
कोरोना , तिमी तिमी छौ भने हामी हामी ।।।

रचयिता – ज्योती कुमारी झा (समाजशास्त्री)

२०७७ कार्तिक ७, शुक्रबार ०९:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय