
एजेन्सी: विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ४५ हजार ९२० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। जससँगै कोरोना संक्रमितको कुल संख्या ४ करोड ४२ लाख २१ हजार ८३३ पुगेको छ।
हिजो अमेरिकामा सबैभन्दा धेरै ७१ हजार ४४४, भारतमा ४२ हजार ९६२, फ्रान्समा ३३ हजार ४१७, ब्राजिलमा २९ हजार ३५३ र बेलायतमा २२ हजार ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ६ हजार ९०१ जनाको मृत्यु भएको छ। जससमध्ये अमेरिकामा ९१५, भारतमा ५१९, ब्राजिलमा ५३०, फ्रान्समा ५२३, अर्जेन्टिनामा ४२९ र रसियामा ३२० जनाको मृत्यु भएको छ। नयाँ थपिएका मृतकसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल मृतक ११ लाख ७१ हजार १४९ पुगेको छ।
यस्तै, विश्वमा अहिलेसम्म ३ करोड २४ लाख २९ हजार ६५९ कोरोना संक्रमणमुक्त भएका छन्।