
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज म्यानचेस्टर युनाईटेडले लाइपजिगसँग भिड्ने छ । युनाईटेडले लाइपजिगसँग घरेलु मैदानमा खेल्नेछ ।

पहिलो खेलमा पीएसजीलाई हराएको युनाईटेड लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
लाइपजिग पनि युनाईटेडलाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । समूहमा ३ अंक जोडेको लाइपजिग शीर्ष र युनाईटेड दोस्रो स्थानमा रहेको छ ।