काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पताल र होम आइसोलेसनमा थप १६ कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यससँगै मृत्यु हुने संक्रमितको कुल संख्या ९ सय २० जना पुगेको छ।

शुक्रबार देशभर पछिल्लो २४ घण्टामा थप ३५ सय १७ सय जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६८ हजार ६३५ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ छ।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर चार हजार ९६ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख २८ हजार ९५८ छ।

२०७७ कार्तिक १४, शुक्रबार १६:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय