जनकपुरधाम : ओम अडर डटकमले जनकपुरधामबाट आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यका साथ ओम अडर डटकम संचालनमा आएको हो ।

निकै लामो गृहकार्य पश्चात ओम अडर डटकम बजारमा उपस्थिती जनाएको कम्पनीका प्रमुख विकाश मिश्रले बताए । बजारमा उपभोक्ताहरुले आफुले खोजेको समान न्युनतम मुल्यमा उपलब्ध गराउने कम्पनीको योजना रहेको प्रमुख मिश्रको भनाइ छ ।
जनकपुरधाम भित्र १ दिनमै डेलिभरी गराउने कम्पनीको दाबी छ । अनलाईन सपिङ गर्दा उपभोक्ताले सोचेकै गुणस्तरीय सामाग्री उपलब्ध गराउने कम्पनीको दावी रहेको छ ।

आम उपभोक्ताले ओम अडर डटकममा लगइन गरी उपलब्ध भएका बस्तु खरिद गर्न सक्ने छन् । उपभोक्ताले बस्तु खरिद गर्दा क्यास अनडेलीभरीबाट रकम तिर्न सकिने सहज ब्यबस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।

अहिले तत्कालै ओम अडर डटकमले ऑनलाइन सपिङ्गमा किरानाका सामान, कस्मेटिकका आईटम, किचेनका समान, ईलेक्ट्रोनिक आईटम इत्यादि प्रकारका समानहरु राखेका छन् । यसलाई विस्तार गर्ने क्रममा नै रहेको कम्पनीले जनाएको छ ।

समानहरु अर्ड़र गर्न मोबाइलको प्ले स्टोरमा गई Om Order एप्स डाउनलोड गरी वा गुगल मा गई www.omorder.com बाट पनी अर्ड़र गर्न सकिन्छ ।

२०७७ कार्तिक १५, शनिबार २०:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय