एजेन्सी: आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ ।

सारजाहमा शनिबार राति भएको खेलमा हैदराबादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।

 

बैंगलोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभरमा १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्‍यो ।

हैदराबादको जितमा रिद्धिमान शाहले ३९ रन जोड्दा मनिस पाण्डेले २६ रन जोडे । यस्तै जासन होल्डरले अविजित २६ रन बनाए ।

बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए । वासिंगटन सुन्दर र नाभदिप शैनीले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।

बैंगलोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन जोडे । यस्तै एबी डी भिलियर्सले २४ रन जोड्दा वासिंगटन सुन्दरले २१ रन बनाए ।

गुर्किरात सिंहले अविजित १६ रन बनाए । कप्तान विराट कोहली ७ रनमा आउट हुँदा देबदुत पडिकलले पनि ५ रन मात्र बनाउन सके ।

हैदराबादका सन्दीप शर्मा र जासन होल्डरले २/२ विकेट लिए । यस्तै राशिद खान,शबाज नदीम र टि नटराजनले १/१ विकेट लिए ।

जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ । हैदराबादले १३ खेलमा १२ अंक जोडेको छ ।

यस्तै हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ । हैदराबादले अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।

मुम्बईले भने क्वालिफायरमा स्थान पक्का गरिसकेको छ । यो हारसँगै बैंगलोरलाई पनि प्ले अफ पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ ।

बैंगलोरले १३ खेलमा ७ जितसहित १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ । बैंगलोरले अन्तिम खेलमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ । अब बैंगलोर र दिल्लीमध्ये विजेता एउटा टोली मात्र प्लेअफमा पुग्ने छ ।


२०७७ कार्तिक १६, आईतवार ०६:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु