अर्घाखाँची : कोरोना भाइरस संक्रमित सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ। काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार क्रममा शनिबार उनको मृत्यु भएको हो ।

सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले अस्पतालको वार्डमा उपचाररत ४२ वर्षीय नगेन्द्र खड्काको मृत्यु भएको जानकारी दिए।

निमोनिया र दमपीडित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु लगिएको थियो।

पुर्ख्यौली घर दैलेख घर भएका उनी हाल सुर्खेत बस्दै आएका थिए। अर्घाखाँची सन्धिखर्क गुल्ममा २६ महिनादेखि उनी कार्यरत थिए।

२०७७ कार्तिक १६, आईतवार १९:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय