महोत्तरीको एकडारा गाउँपालिका ५ स्थित साहुजीपोखरी

महोत्तरी: समाजवादी पार्टीकाअध्यक्षमहन्त ठाकुरको संसदीयबिकास कोषको रकममा व्यापकअनियमितता भएको पाईएको छ । महोत्तरीको क्षेत्र नं. ३ बाट निर्वाचित समाजवादी पार्टीकाअध्यक्ष ठाकुरको संसदीय विकास कोषबाट पोखरी सौन्दर्यीकरणमा नाममा छुट्टयाईएको ५० लाख रकममा व्यापकअनियमितता भएको पाईएको हो ।

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बेहडा गाउँमा रहेको साहुजी पोखरी निर्माण तथा जिणरेद्धारका लागि सांसद ठाकुरको संसदिय विकास कोषबाट छुट्टयाईएको ५० लाखकामै नगरी भुक्तानी गरिएको पाईएको छ । गतआर्थिक वर्ष २०७६/७७ मापोखरी सौन्दर्यीकरण तथा जिणरेद्धारका लागि गाउँपालिकाले १० लाख ५० हजारको खर्चमा डिपिआर तयार गरीथालिएको काम पुरा नहुँदै भुक्तानी दिईएको छ ।

साहुजी पोखरी निर्माण तथा जिणरेद्धारका लागि एकडारा गाउँपालिकाले गत अषाढको भारी वर्षातमा राज ईन्टरप्राईजेज जलेश्वरलाई २० दिनमाकाम सक्ने गरी ठेक्काकबोल गरेको थियो । पोखरी निर्माणका लागि गाउँपालिकाले राज ईन्टरप्राईजेज संग मुल्यअभिबृद्धि कर बाहेक ४० लाख ८७हजार ८ सय ९३ रुपैयाँमा २०७७ अषाढ ८ गते सम्झौता गरेको थियो । सम्झौताभएको २० दिनअर्थात अषाढ २८ गते भित्रमा काम गरि सक्नुपर्ने भएपनि हालसम्म ठेकेदारले कामै नगरी ३७लाख ८हजार ५ सय ८६ रुपैया भुक्तानी लिइसकेको कोष तथा लेखा नियन्त्रकको कार्यालयको तथ्याङकमा उल्लेख छ ।

असाढ मसान्तमा बाढी आएकै बेला गाउँपालिकाले पोखरी सौन्दर्यकरणका लागि ठेक्केदारसँग सम्झोता  गर्नुले उनिहरुको नियतमा प्रश्नचिहन उठेको छ । स्थानीय रामस्नेही मण्डलले भने, ‘४० लाखको काम सकाउन २० दिनको समय आफैमानीतिगत भ्रष्टाचार हो । एउटा सामान्य मानिसले समेत आँकलनगर्ने कुरा हो । भौतिकपूर्वाधार निर्माण समय लाग्छ भनेर तर यहाँअनियमितताकै निमित्त अषाढ मसान्तमा सम्झौता गरेरे पुरै रकम भ्रष्टाचार गरेको छ ।’

अषाढमसान्तको अन्तिम समयमा काम गर्न नसक्ने यर्थात थाहाहुँदाहुदै पनि गाउँपालिका र ठेकेदार संगको २० दिने सम्झौतामै नीतिगत भ्रष्टाचार भएको नेपालविद्यार्थी संघ महोत्तरीकाअध्यक्षआशुतोष झाको भनाई छ । झाले भने, ‘ ठेक्केदारले जनप्रतिनिधीहरुको मिलोमत्तो कमिशनको तालमेल गरेर भुक्तानी लिइसकेको छ, तर काम एक सुक्को पनिभएको छैन ।’

यसै सम्बन्धमा एकडारा गाउँपालिकाका प्रमुख प्रशासकियअधिकृत प्रमोद ठाकुरलाई फोन गर्दाउनले जवाफदिनमानेनन् । एकडारा गाउँपालिका ५ का वडा अध्यक्ष शेराजुल अञ्सारीले आफुलाई पोखरी ठेक्का सम्बन्धमा केही जानकारी नरहेको प्रतिक्रियादिए ।
गाउँपालिकाकाअध्यक्ष रामछबिला साहले समेत जवाफदिन पन्छिदै गाउँपालिकाको योजनानभएको बताउँदै सबैकाम माथिबाटै हुने गरेको बताए । उनले भने, ‘गाउँपालिकाको योजनामा म सबै बताईदिन्छु , तर संसदीय बिकास कोषको रकममा सबै माथिबाटै भएर आउँछ, हामीलाई केही थाहाहुदैन् ।’ नेपालवाणी सहकर्मी संग कुरा गर्दै साहले भने, ‘तपाई आउनुस्काम भएन भएको संगै हेर्न जाउँला, यो भन्दा बढी मलाई थाहा छैन् ।’

२०७७ कार्तिक १७, सोमबार १२:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय