सिरहा : कोरोना संक्रमणबाट सिरहाको गोलबजारका आज थप एकको मृत्यु भएको छ ।  ती संक्रमित सिरहाको गोलबजार नगरपालिका ४ निवासी ७४ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । संक्रमण भई प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा आज उहाँको मृत्यु भएको हो । योसँगै सिरहामा संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

२०७७ कार्तिक १७, सोमबार २१:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय