
काठमाडौँ : भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणेले बुधबार अपरान्ह पशुपतिनाथको दर्शन गरेका छन् ।
नरवणे भारतीय वायु सेनाको विशेष विमान ‘इन्डियन एयर फोर्स-३३’ मार्फत बुधबार दिउँसो काठमाडौं आएका हुन ।
भ्रमण दलमा नरवणेकी श्रीमतीसहित चार सदस्य रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाल र भारतबीच एकअर्को देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । त्यही परम्पराअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।