
महोत्तरी : जिल्लाको मनरा सिस्वा नगरपालिका-१ स्थित मनरा बजारमा सामुदायिक भवनको आज एक कार्यक्रम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले सिल्नयास गरेका छन ।
मनरा सिस्वा नगरपालिका वडा नं १ र २ का वडा अध्यक्षको उपस्थिति सम्पन्न भएको शिलाँन्यास समारोहमा राज्यमन्त्री कुशवाहाले देश बिकास गर्न भनेर सबै तहमा जनताले भोट दिएर नेतृत्व छानीएकोले जनताको आशा र बिश्वासलाई जिवीत राख्न सबै जनप्रतिनिधिहरु इमानदारी पुर्वक लाग्नुपर्नेमा जोड़ दिए ।
सामुदायिक भवन निर्माण भएपछि आवश्यकता अनुसार जन्तीलाई बासोबास, वर्षाको समयमा गरिव जनतालाई अस्थायी बसोबास गर्न तथा सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने मन्त्री कुशवाहाले नेपालवाणी डटकमलाई जानकारी दिए । उक्त भवन मन्त्री कुशवाहाले आफ्नो संसदीय विकास कोषबाट निर्माण गर्न लागेका हुन् ।