
महोत्तरी: त्रिनेत्र स्पोर्टस टिम बर्दिबासको आयोजनमा क्रिकेट प्रतियोगिता विहीबार देखि बर्दिबास-९ पथलैयामा सुरु भएको छ।
नेपाली कांग्रेसका युवा नेता तथा बर्दिबास उधोग बाणिज्य संघका अध्यक्ष प्रल्हाद कुमार क्षेत्रीले प्रतियोगिताको उदघाटन गरेका छन् । क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै नेता क्षेत्रीले “स्वास्थको लागि खेलकुद युवाको लागि खेलकुद” रहेको हुनाले आफु खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए ।
स्थानिय स्तरबाटै क्रिकेटका दक्ष खेलाडीहरु उत्पादन गर्नुपर्ने आवश्यकतालाई महशुस गरी प्रतियोगिता संचालन गरिएको स्थनीय युवा विजय महतोले बताए ।
प्रतियोगिताको विजेतालाई रु १७ हजार ५०० सय तथा उपविजेतालाई रु १० हजार ५०० सय पुरस्कार प्रदान गरिने स्थनीय खेलाडी अप्पु यादवले नेपालवाणी डटकमलाई जानकारी दिए ।
प्रथम खेल
प्रतियोगिता अन्तर्गत विहीबार सम्पन्न पहिलो खेलमा त्रिनेत्र टीम विजयी भएको छ । भंगहा नगरपालिका -४ स्थित थारुटोल बन्द्रा टीम २० रनले त्रिनेत्र टीमबाट पराजित भएको छ ।
शुक्रबारको खेलमा बर्दिबास-१३ स्थित बिजलपुरा र त्रिनेत्र टीम विच प्रतिस्पर्धा हुनेछ ।