महोत्तरी :  मधेस लोकतान्त्रिक पार्टीका संस्थापक युवा नेता, तराई मधेश युवा फ्रन्टका संस्थापक, महोत्तरी जिल्ला अध्यक्ष, तराई मधेश युवा फ्रन्टका केन्द्रिय सह-महामन्त्री तथा महोत्तरी – काठमाडौं जन-सम्पर्क मंचका केन्द्रिय अध्यक्ष रोशन मिश्रले जनतान्त्रिक तराई मुक्ति मोर्चामा प्रवेश गरेका छन् ।

प्रदेश २ का महोत्तरी जिल्लाको साविक धमौरा गाविस वाड नं ९ गाउँ भगवतीपुर हाल बल्वा न.पा. ११ गाउँ भगवतीपुर  निवासी रोशन मिश्रले बुधबार जनतान्त्रिक तराई मुक्ति मोर्चाको विधान, नीति-आचारसंहिता, उद्देश, लक्ष्यलाई स्वीकार गर्दै जनतान्त्रिक तराई मुक्ति मोर्चामा प्रवेश गरेका छन् ।

बुधबार देखि लागु हुनेगरी जनतान्त्रिक तराई मुक्ति मोर्चाको केन्द्रिय सदस्यमा मनोनीत गरिनुको साथसाथै “राष्ट्र बचाउ अभियान” को “धनुषा-महोत्तरी जिल्ला संगठन परिचालन समितिको विशेष प्रभारी/ईन्चार्ज” तोकिएको छ  । मिश्रलाई जनतान्त्रिक परिवारले  हार्दिक स्वागत गर्दै उहाँको सफल कार्यकालको लागि  कामना  समेत गरेका छन् ।

“राज संस्था पुनःस्थापना, धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना” को महान एवं पवित्र उद्देश/लक्ष्य प्राप्तिका लागि जनतान्त्रिक तराई मुक्ति मोर्चाको नेतृत्वमा जारी “राष्ट्र बचाउ अभियान” र उक्त अभियानकै तहत “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को अन्तिम तयारीमा जुटेका  जनतान्त्रिक तराई मुक्ति मोर्चाले रोशन मिश्रको सक्रिय योग्दान र भुमिकाले ठुलै गुणात्मक परिणाम दिने पार्टीली आश समेत गरेका छन्  ।

 

२०७७ कार्तिक २०, बिहीबार २२:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय