
काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा रहेका थप १८ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यससँगै मृत्यु हुने संक्रमितको कुल संख्या एक हजार ७० जना पुगेको छ।
शुक्रबार देशभर पछिल्लो २४ घण्टामा थप २९ सय ९ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ।
त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ छ। आज देशभर ४५ सय जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।