काठमाडौँ: भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४६ हजार ३१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८५ लाख ७ हजार २०३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७८ लाख ६७ हजार २९१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५५७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार १६२ पुगेको छ ।

२०७७ कार्तिक २३, आईतवार ०६:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय