महोत्तरी : महोत्तरीमा जसपाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
पिपरा गाउँपालिका-६ रतौली समिति द्वारा आयोजित जनता समाजवादी पार्टी को दिपावली, छठ पर्वको शुभकामना कार्यक्रम शनिबार सम्पन्न भएकाे छ।

शुभकामना अदान प्रदान कार्यक्रममा राज्य मन्त्री कुशवाहाले शुभकामना मन्तव्य दिदै सबैको सहकार्य र एकताले मात्र मधेशको उत्थान तथा विकास हुन सक्ने कुरामा जोड दिनु भयो ।शुभकामना मन्तव्यकै क्रममा राज्यमन्त्री कुशवाहाले प्रदेश २ को विकासकालागि आफूले व्यक्तिगत र मन्त्री स्तरीय रुपमा आवश्यक पहल गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा प्रदेश सांसद जयलुन राईन, प्रदेश सांसद सुरीता साह लागायत जानकी साह, केन्द्रिय सदस्य तथा प्रदेश सदस्यल लगाइत जिल्लाका पार्टीका नेतागण स्थानिय व्यक्ति हरुको उपस्थिति समेत रहेका थिए ।

२०७७ कार्तिक २३, आईतवार ०९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय