काठमाडौं :  देशमा विध्यमान सबैखाले बेथिति र अराजकता एवं बाहिरी आक्रमण एवं अतिक्रमणबाट देशलाई जोगाउन एवं राष्ट्रिय स्वाधीनता, एकता, स्वतन्त्रता, पहिचान, गौरव, ईतिहास, धर्म, संस्कृति, परम्परालाई संरक्षण एवं प्रवर्द्धन गर्न हामी “राज संस्था र धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को अन्तिम तैयारीमा रहेको सर्वविदित नै छ ।

उक्त महान उद्देश एवं लक्ष्यमा हामीले व्यापक जनसमर्थन पनि प्राप्त गर्दै आएको र आम देश-भक्त चेतनशील एवं जिम्मेवार नागरिक अगुवा, राजनीतिकर्मी, समाजसेवी, पेशाकर्मी लगायत आम मुक्ति कामी जनसमुदाय गोलबन्द हुँदै “मुक्ति पथ” मा निरन्तर अगाडि बढी रहेको तथ्य यहाँहरु समक्ष छर्पष्ट नै छ, जसले हाम्रो हौसला-बल-आत्मविश्वास लाई झनै उत्साहित गरिरहेको छ ।

यसै क्रममा सोमबारका दिन जनतन्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य एवं महोत्तरी जिल्ला जनपरिचालन समिति संयोजक श्री दिपक सिंहको विशेष उपस्थितिमा महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वाड नं ६ गोरगम्मा गाउँमा भएको भेला / जन-उपस्थितिका बिच “माले पार्टी (माक्र्सवादी लेलिनवादी पार्टी) का जिल्ला अध्यक्ष  बिमल मिश्रा ” लगायत सयकडौंको संख्यामा विभिन्न राजनीतिक दल परित्याग गरि क्रान्तिकारी देश-भक्त राजनीतिक एवं सामाजिक अगुवाहरु “जनतान्त्रिक तराई मुक्ति मोर्चा” मा प्रवेश गरेका छन् ।

साथै उहाँहरुलाई जनतान्त्रिक परिवारमा स्वागत गर्दै उक्त जन-भेलाले सर्वसहमत निर्णय गरि पठाएको सिफारिस सुची अनुसार तपसिलका ब्याक्तीहरु सम्मिलित कमिटी गठन गरि उहाँहरुको सफल कार्यकालको कामना साथ आजकै तिथिमिती देखि लागू हुनेगरी उहाँहरुलाई तपसिल बमोजिमको जिम्मेवारी पनि तोकिएको छ ।

तोकिएको जिम्मेवारी यस प्रकार रहेका छन् :-

१) श्री बिमल मिश्रा :- जनतान्त्रिक युवा संघ केन्द्रिय सदस्य तथा महोत्तरी जिल्ला जनपरिचालन समिति सदस्य एवं महोत्तरी गाउँपालिका जनपरिचालन समिती संयोजक

२) श्री राकेश मिश्रा :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

३) श्रीमती फुलो देवी :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

४) श्री राजेश झा :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

५) श्री रत्नेश्वर ठाकुर :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

६) श्री विजय मण्डल :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

७) श्रीमती मन्जु देवी साह :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

८) श्रीमती रामकली महतो :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

९) श्री सोमार झा :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

१०) श्री राम आधार साह :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

११) श्री भोला साह :- महोत्तरी गाउँपालिका जनपरिचालन समिति सदस्य

२०७७ कार्तिक २५, मंगलवार ०८:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय