
जनकपुरधाम: तिहार सुरु भएसँगै जनकपुरधामडौं लगायतका शहरी क्षेत्रमा चहलपहल बढेको छ ।
कोरोना भाइरसको महामारीले दशैँमा सुनसानझैँ देखिएका जनकपुरधामका बजारमा तिहारमा भने मानिसहरूको चहलपहल देखिएको ।
लक्ष्मीपूजाका दिन घरघरमा धनकी देवी लक्ष्मीको पूजा गर्ने र फूलमाला र बत्तीले सजाउने हुँदा पनि तिहारका ५ दिन बजारमा अझ बढी चहलपहल हुन्छ ।
कोरोना माहामारीले ठप्प भएको बजार लकडाउन खुलेपछि पनि पहिलेझैँ चलायमान भने हुन नसकेको व्यापारीहरू बताउँछन् ।