
जनकपुरधाम : सूचनाको हकका लागि राष्ट्रिय संजाल, नेपालकाे आज प्रदेश २ स्तरीय समिति गठन गरिएको छ ।
आज दिउसो ३ बजे देखि ५ बजे सम्म बसेको बैठक/छलफल ले प्रदेश २ स्तरीय समिति गठन गरेको हो ।
बैठक/छलफलमा अगुवा अभियन्ता एवं संजालका केन्द्रिय सल्लाहकार धर्मेन्द्र झा , संजालको केन्द्रिय संयोजक उम्मीद बागचन्द लगायत केन्द्रिय पदाधिकारी तथा प्रदेश नं. २ का विभिन्न जिल्लाका सुचनाका हकका अभियन्ताहरु सहभागी रहेकाे छलफलबाट सूचनाको हकका लागि राष्ट्रिय संजाल, नेपालकाे आज प्रदेश २ को संयोजकमा सन्तोष पाण्डे, सहसंयोजकमा अजयकुमार साह र सदस्य सचिवमा मुकेश कुशवाहालाई चयन गरिएको छ ।
अभियन्ताहरु सम्मिलित आजको बैठकले प्रदेश २ को पूर्ण समिति निर्माणका लागि संयाेजक, सहसंयोजक र सचिवलाई जिम्मेवारी दिइए अनुसार प्रदेश २ का ८ वटै जिल्लाबाट समेट्ने गरि पूर्ण समिति निर्माण गर्ने निर्णय समेत भएको छ ।
प्रदेश २ का संयोजकको जिम्मेवारी पाएका अभियन्ता सन्तोष पाण्डेले मंसीर १५ गते सम्म प्रदेश २ को पूर्ण समिति निर्माणका साथै जिल्ला स्तरीय समिति समेत गठन गरिने जानकारी दिए ।