ललन मण्डल 

महोत्तरी : बुधबार बिहान महोत्तरीको बर्दिवासमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत महोत्तरीको बर्दिवासमा बिहान डकहाबाट पोखरा तर्फ जने क्रममा बर्दिवास स्थित भावना प्रेट्रल पम्पमा तेल हालेर पोखरा तर्फ जादै गर्दा सिन्धुली रोडमा एक्कासी ट्याङकरले ठक्कर दिदा मोटसाईकर सवार दाजुभाई मध्ये पछाडी बस्ने सिन्धुली तन पाटन गाउँपालिका १० औरका २६ वर्षीय को दाजु आशालाल परियारको मृत्यू भएको हो ।

 

परियारलाई बर्दिवास शुभ स्वतिक अस्पतालमा उपचारको क्रममा मृत्यु घोषणा गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाई बताउनुभएको छ ।

ना ७ ख ३५२१ नम्बरको तेल टयाङकर पुर्वबाट पश्चिम तर्फ आइरहेको र ग ९ प ५३२१ नम्बरको मोरसाईकललाई ठक्कर दिदा मृत्यू भएको हो । मोटसाईल चालक भाई सकुसल रहेको र तेल टयाङकर गाडी र चालक प्रहरी नियन्त्रनमा रहेको उपरीक्षक चापागाईले जानकारी दिनुभयो ।

शवलाइ पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल लैजाने तयारी भईरहेको छ ।

२०७७ मंसिर ३, बुधबार १०:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय