जनकपुरधाम : धनुषामा हत्याको आरोपमा ३ जना पक्राउ परेका छन् ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं.९ बरमझियामा गत कार्तिक ३० गते दुई पक्षबिच कुटाकुट हुँदा वडा नम्बर २ का सरोज साहको मृत्यु भएको घटनामा तीनजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा स्थानीय पवन शर्मा, श्रवण शर्मा र प्रमोद महरा रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

बरमझियाको एक पसलमा बसिरहेको समयमा भएको विवाद कुटपिटमा परिणत भएको थियो ।

कूटपिट घटनामा गम्भिर घाइते भएका सरोजको उपचारको क्रममा विराटनगर स्थित एक अस्पतालमा मृत्यु भएको प्रहरी निरिक्षक कार्कीले बताए ।

तीनै जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

२०७७ मंसिर ३, बुधबार २१:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय