
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियाका मुसहर बालबालिकाहरुलाई “मेरो प्रयास नेपाल” भन्ने संस्थाको सहयोगमा न्यानो कपडा वितरण भएको छ ।
वडा अध्यक्ष पुण्य प्राताप यादवको अध्यक्षतामा मुसहर बालबालिकाहरुलाई छठ पर्व र जाडो मोसमको मध्यनजर गर्दै न्यानो कपडा ( हाइनेक , ट्रेक ) ३० थान ३० जना बालबालिकाहरुलाई बितरण गरिएको छ ।
चिसो मौसमका कारण बालबालिकालाई प्रतिकूल असरबाट जोगाउन न्यानो कपडा वितरण गरिएको समाज सेवी युवा भाग्य चरण यादवले बताए ।
उक्त कपडा बितरण कार्यक्रममा हर्टबीट्का प्रतिनिधी, वार्डा सदस्य उपेन्द्र बिमल साह , महिला वार्डा सदस्य शिव देवी सादा, भु.पु. वार्डा अध्यक्ष मोहन यादव , सहरी स्वास्थ्य केन्द्र मुजेलियाको प्रमुख विजय कुमार नायक ,समाज सेवी बिन्देश्वर यादव , प्रदीप यादव , राम दत ठाकुर , प्रबोध राय , युवा दायानिधी यादव लगयातको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको छ ।