बर्दिबास : धनुषाको मिथिला नगरपालिका ११ तुलसी स्थित सुन्दरी खोलामा निर्माण हुन लागेको पुलमा चलखेल भएको भन्दै स्थानीयले पुर्व भौतिक योजना तथा पुर्वाधारमन्त्री रघुबीर महासेठ विरुद्ध कालो झन्डा देखाएर रघुबीर महासेठ मुर्दावादको नारा समेत लगाएका हुन् ।
करिव ३० घरधुरीलाई मात्र लाभान्वित हुने ठाउँमा योजना लागेको भन्दै सोमबार पुर्व मन्त्री महासेठ बिरुद्ध कालो झण्डा देखाएर स्थानियहरुले बिरोध प्रर्दशन गरेका छन् ।

धनुषाको तुलसी देखि बाहुनमारा जोडने सडकको लागि निर्माण हुन् लागेको पुलमा बहुसंख्यक जनसंख्यालाई बेवास्ता गरि आयोजना अगाडी बढाएको भन्दै स्थानियहरुले कालो झण्डा देखाएर बिरोध पर्दसन गरेका हुन । सर्वसाधारणको सुबिधालाइ ख्याल नै नगरी भोटमा राजनिती भएको आरोप लगाउदै स्थानियहरुले पुर्व सर्वे गरिएको ठाउँमा नै पुल बन्नुपर्ने अडान राखेका छन् ।

पटकपटक पुल निर्माणको बिषयमा ध्यानाकर्षण गराउदा पनि पुर्वमन्त्री महासेठले आफुहरुलाइ भेदभाव गरेको बताउदै स्थानियहरुले जनचाहना अनुसार विकास निर्माणको कार्य अगाडी बढाउन माग समेत गरेका छन् ।

राष्ट्रिय सम्पतीको दुरुपयोग गर्दै जथाभावी पुल सिलन्यासले गलत सन्देश जाने बताउदै पुर्वनिर्धारित ठाउँमा पुल बनाएर तुलसीका बहुसंख्यक सर्वसाधारणहरुको भावनाको सम्मान गरिदिन उनिहरुले पुर्व मन्त्री महासेठलाइ अनुरोध गरेका छन् ।

मिथिला नगरपालिका ११ को नेकपाले आयोजना गरेको पाटी प्रवेश कार्यक्रममा सहभागी हुन आएका महासेठले भने पुलको निर्माण जनचाहना अनुसार नै हुने दावी गरेका छन् ।

पुल निर्माणबाट लाभान्वित हुने संख्या र स्थानिय बासिन्दाको सुविधालाइ समेत ख्याल गरी निर्माण कार्यक्रम अगाडी बढाएको पुर्व मन्त्री महासेठको भनाइ छ ।

तर पुल निर्माणको क्रममा राष्ट्रिय सम्पतीको दुरुपयोग हुने गरि योजना अगाडी बढाएको र जन्ताको करलाइ गलत ठाँउमा प्रयोग गरेको जिकिर गर्दै स्थानियहरुले भने विकासलाई जनचाहना अनुसार अगाडी बढाउन माग गरेका छन् ।

२०७७ मंसिर ८, सोमबार १९:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय