
महोत्तरी : बर्दिवास नगरपालिका-१४ मा ६ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणपछि प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले गोली चलाएको छ ।
बर्दिवास नगरपालिका १४ की ६ वर्षीया गुलाब शाह खातुनको हत्याको विरोधमा जारी प्रदर्शनमा गोली चल्दा ३ जना घाइते भएका छन् ।
प्रहरीले भीड नियन्त्रणमा लिन गोली चलाएको हो । हुन् त भीड नियन्त्रण गर्दा हवाई फायर गर्नुपर्ने हुन्छ । तर प्रहरीले चलाएको गोली केही प्रदर्शनकारीको टाउकोमै लागेको छ । भने एक जनालाई चार राउण्ड गोली लागेको छ ।
गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् । गोली लागेर स्थानीय ३५ वर्षीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका हुन् ।
सञ्जय न्यौपानेको तिघ्रामा एक राउण्ड गोली लागेको छ । न्यौपानेको बर्दिबासस्थित पिनायक हस्पिटलमा हुन नसकेपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।
प्रहरीको गोली लागी बर्दिवास न पा ५ बस्ने वर्ष २६ को श्याम कार्कीलाई गोली लागेको छ । प्रदर्शनमा उत्रिएका श्याम कार्कीलाई प्रहरीले हानेको ४ राउण्ड गोली लागेको छ । कार्कीको छाती, घाँटी, पाखुरा र हातमा गोली लागेको छ ।
श्याम कार्कीलाई समेत बर्दिबासमा उपचार सम्भव नभएपछि थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लागिएको छ ।
टाउकोमा गम्भीर चोट लागि घाइते भएका अफताब आलमको बर्दिबास स्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदैछ ।
बालिका हत्याको विरोधमा स्थानीयवासीले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनमा नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ । बेलुका अवरुद्ध राजमार्ग खुलेको छ ।
स्थानीयले शव बोकेर सडकमा प्रदर्शन गरेका छन् । बर्दिवास नगरपालिका-१४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी आइतबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको शव सोमबार साँझ घर नजिकै बोरामा पोको पारेको फालेको अवस्थामा फेला परेको थियो ।