सिरहा :  सिरहा–चोहर्वा सडकखण्ड अन्र्तगत पदमपुरमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ ।

सिरहाको चोहर्वा–सिरहा सडक अन्तर्गत सिरहा नगरपालिका वडा १० पदमपुरमा विहिवार दिउँसो सिरहाबाट चोहर्वा तर्फ जादैगरेको ना ५ ख ५५१८ नम्बरको माँ शेराबाली बस र विपरित दिशा (चोहर्वा)बाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्वरको मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाईते सिरहा नगरपालिका ११ भलुवाहीका जगदेव कामतीका छोरा २५ वर्षिय देव नारायण कामती र सोही ठाउँका कारीराम कामतीका छोरा २६ वर्षिय अ?ण कुमार कामतीको मृत्यु भएको हो । गम्भीर घाईते दुवैलाई एम्बुलेन्समा राखेर सिरहा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको ट्राफिक प्रहरी नायव निरिक्षक रामकुमार यादवले बताए ।

२०७७ मंसिर ११, बिहीबार १८:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय