
प्रवेश सिंह
जनकपुरधाम : बल्तकारीलाई फाँसीको मांग गर्दै धनुषाको महेन्द्रनगर विद्यार्थीद्वारा विरोध प्रदर्शन भएको छ ।
धनुषाको सम्पूर्ण विद्यार्थीहरुले बर्दिबासमा भएको घटनाका दोषीलाई कडा भन्दा कडा कारवाहीको मांग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
बर्दिवास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी शाह आइतबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको शव सोमबार साँझ घर नजिकै बोरामा पोको पारेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले बालिका हत्याको अभियोगमा स्थानीय अरुण कुमार साहलाई पक्राउ गरेको छ ।