जनकपुरधाम : चुरे तथा वन जंगल संरक्षण अभियानले विभिन्न पांच वुंदे माग राख्दै अल्टीमेटम सहित प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतको मार्फत विभिन्न संघिय मन्त्रालयलाई ज्ञापनपत्र वुझाएको छ ।

अभियान र टिएमएनसीले संयुक्तरुपमा विहिवार मुख्यमन्त्री राउत मार्फत प्रधानमन्त्रीको कार्यालय,वनतथा वातावरण मन्त्रालय,भुसंरक्षण मन्त्रालय र प्रदेश नं २ का आठवटै जिल्ला प्रशासन कार्यालय तथा आठवटै जिल्लाका डिभिजन वन कार्यालयलाई ज्ञापनपत्र वुझाउदै अल्टीमेटम सहित माग पुरा नगरे आन्दोलन गर्न वाध्य हुने चेतावनी समेत दिएको छ ।

अभियानले वुझाएको ज्ञापनपत्रमा उल्लेखभए अनुसार ओमप्रकास भनिने दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने,प्रदेश नं २ का उद्योग मन्त्रालयले दिएका क्रसर उद्योगको लाइसेन्स छानवीन गरि साथै मापदण्ड विपरित रहेका सम्पुणर् क्रसर उद्योग तत्काल वन्द गर्नुपर्ने,साविक वुटेन किता नं २००,२०२,२०६ हाल ६८२,६८३,६८४,६७९,६७८,६८०,६८१,६८७,६८८ र ६८९ हालको जग्गाधनी सिरहा जिल्लाको मारुती सिमेन्ट उद्योगका संचालक अनुज राठी र मनोज गोयलको नाममा रहेको जग्गा वदर गरि पुनः बनमा फिर्ता हुनुपर्ने,रौतहट जिल्लाको विजयपुर फतुवा नगरपालिकामा सागरनाथ वन विकास परियोजनाको २ सय हेक्टरजग्गा वनमा पुनः फिर्ता गराउनुपर्ने र विपि पुष्पलाल सामुदायीक वन रौतहटको एक सय हेक्टर अतिक्रमण जग्गा फिर्ता गराउनुपर्ने लगायतका मागहरु रहेको छ ।

अभियानका संयोजक सुनिल कुमार यादवको अगुवाईमा वुझाइएको ज्ञापनपत्रमा उपयुक्त मागहरु इथासिघ्र पुरा गर्नुपर्ने र नगरिए पुनः आन्दोलनमा होमीन वाध्य हुने चेतावनी समेत दिइएको छ । टिएमएनसीका सदस्य समेत रहेका यादवको अगुवाईमा पुगेको टोलीमा समाजिक अभियन्ता सरोज राय,चुरे संरक्षण अभियानीहरु ऋमन यादव,रानी राय,चन्द्रकिशोर साह,रामशरन महतो,राजकुमार साह,चन्द्र राई लगायतको उपस्थिती रहेको थियो ।

अभियानल चुरे तथा वनजंग संरक्षणको लागि पर्सा विरगंज बाट जनकपुरधाम सम्म पद यात्रा समेत गरिसकेको छ भने काठमाण्डौका माइतीघर मण्डलामा संरक्षणका लागि प्रर्दशन समेत गरिसकेको अभियानका संयोजक यादवले वताए ।अभियानले यसभन्दा पहिले चुरे संरक्षणको माग गर्दै आठवटै जिल्लाको जिल्ला प्रशासन कार्यालय र वन कार्यालयमा पटक पटक ज्ञापनपत्र वुझाई सकेको तथा अन्तरक्रिया र विरोधका कार्यक्रम गरेपनि कुनै किसीमको सुनवाई नभएको संयोजक यादवको गुनासो रहेको छ ।

२०७७ मंसिर १२, शुक्रबार ०८:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय