
काठमाण्डौ : नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । सन्दीपले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिनुभएको छ ।
सन्दीपले कोरोना पुष्टि भएपछि आफू सेल्फआइसोलेनमा बसेको उल्लेख गर्नुभएको छ । आफूलाई बुधबारबाट कोरोनाको लक्षणसमेत देखिएको जानकारी दिँदै उहाँले आफ्नो स्वास्थ्यअवस्था सुधार हुँदै गएकोसमेत बताउनुभएको छ ।
सन्दीपले स्वस्थभएर आफू चाँडै मैदानफर्कने पनिउल्लेख गर्नुभएको छ । यसअघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसहितदिपेन्द्र सिंह ऐरी र रोहितपौडेललाई पनिकोरोना सङ्क्रमण देखिएको थियो । उनीहरू तीनै जनाकोरोनामुक्तभइसकेका छन् ।