काठमाडौं : महोत्तरी युवा संजालद्वारा काठमाडौंको माइतीघर मण्डलामा श्रद्धाञ्जली सभा तथा दिप प्रजवलन कार्यक्रम सम्पन्न  भएको छ ।

शनिबार महोत्तरी युवा संजालको आयोजना महोत्तरीको बर्दिबास-१४ का  सहिद आलमको ६ वर्षिया छोरी गुलाब साह खातुन बेपत्ता पछि मृत अवस्थामा फेला परेको र उक्त घटनाको न्यायको लागि भएको प्रदर्शनको क्रममा प्रहरीको गोलि लागि  मुत्यु भएको सामाजिक अभियानता सन्जय न्यौपाने र मुतक बालिका  गुलाब खातुन प्रति काठमाडौं माइतीघर मण्डलामा श्रद्धाञ्जली सभा तथा दीप प्रजवलन कार्यक्रम सम्पन भएको छ  ।

उक्त  श्रद्धाञ्जली सभा तथा दीप प्रजवलन कार्यक्रको समन्वय YES Together We Can Rautahat, Youth Network Siraha, Youth Network SYN, Trish Nepalले गरेको थियो  ।

उक्त कार्यक्रममा  बलात्कार गरेर हत्या भएको सम्पुर्ण प्रति समर्पित रहेको र यस्तो घटनाले नागरिकको आधरभुत मानव अधिकार हनन गरेको  महोत्तरी युवा को अध्यक्ष चुडामणिा यादव ले बताए ।

प्रत्येक बर्ष लैङिक हिसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखी दिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय स्तरमा महिलाहरुको अधिकार को लागि गरिएको सङर्श को समझनामा मनाइन छ र हाम्रो सरकार ले पनि लैङ्गकि हिसा अन्त्यको प्रतिवधता व्यक्ति, समाज र सबैको एक्यवद्धतालाई राष्ट्रिय नारा दिइ मनाइरहेको छ अर्को तिर भने देश को बिभिनन ठाउमा लैङ्गकि हिंसाको घटना बढ्दो क्रममा रहेका छन् ।

२०७७ मंसिर १३, शनिबार २१:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय