
काठमाडौँ : जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो आज नेपाल भ्रमणमा आउँदै छन् । एकदिने कार्यशील भ्रमणमा उनी आज काठमाडौँ आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनी आजै साँझ स्वदेश फर्कने छन् ।