काठमाडौँ : बाग्लुङको गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ ।

कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर दुर्घटनामा परेको हो ।

उडिरहेको हेलिकप्टरमा चिल चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका वडानम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारीले जानकारी दिए ।उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि बेलकोटगढि गाँउपालिका वडा नम्वर ६ मा आकस्मिक अवतरण गरेको बताईएको छ । गलकोटको हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे दुर्घटना भएको हो ।

चरा ठोक्किँदा हेलिकप्टरको अगाडीको सिसा फुटेको छ भने केही भागमा क्षति पुगेको छ ।

अग्रभागको शिशापूर्णरुपमा फुटेको छ भने सिसामा चराको सेतो प्वाख अडकिएको देखिन्छ ।

उक्त हेलिकप्टरमा पाँचजना यात्रु रहेका थिए । यात्रुलाई उद्धार गर्न अर्को हेलिकप्टर नुवाकोटतर्फ गएको कम्पनीले जनाएको छ ।

हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारी सहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताईएको छ । भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ ।

२०७७ मंसिर १४, आईतवार १५:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय