तिहार र छर्ठ पर्वपछि मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा १० दिन सम्म मनाइने सामाचकेवा पर्वको विसर्जन अाज गरिन लागिएकाे हाे । छठको खरनाको दिन कात्तिक शुक्लपञ्चमीदेखि सुरु हुने सामाचखेवा पर्व पूर्णिमाको दिन सम्म मनाइन्छ ।

१० दिनसम्म चल्ने र पूर्णिमाको ११औँ दिन माटोको विभिन्न प्रतीकलाई भाइको हातबाट फुटाई खनिएको खेत वा वनमा राखी बिसर्जन गरिने मैथली परम्परा रहेकाे छ ।

भाइ–बहिनीबीचको अगाध प्रेमलाई दर्शाउने पर्वको रूपमा मनाइने सामाचकेवा पर्व अहिले सहरी क्षेत्रमा लोप हुन थाले पनि ग्रामीण क्षेत्रमा अझै यसकाे रौनकता छ । विगतका वर्षहरूमा हर्षोल्लास पूर्वक मनाइने यो पर्व वर्तमान समयमा सहरी क्षेत्रमा विधि मात्रै पुर्‍याउने गरिन्छ ।

सामा, चकेवा, चुगलाको माटोको विभिन्न प्रतिमा बनाई एवं बजारबाट किनेर बाँसको डालामा राखी साँझको समयमा गाउँका बालिका, युवती र महिलाले विभिन्न गीत गाउने र भाइको दीर्घायुको कामना गर्ने चलन छ ।

सामाचकेवाको विशेष पात्रका रूपमा रहेको चुगलाको मुखमा १० दिनसम्म निरन्तर कालो पोत्ने गरिन्छ ।


२०७७ मंसिर १५, सोमबार ०९:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय