जनकपुरधाम : जनकपुरधामको रामचौक स्थित एतिहाँसिक धनुष सागर सरोवरमा अव वोटिङ्ग गर्न सकिने छ । श्री राममन्दिरको ठिक अगाडि जनकपुरधामको केन्द्रमै रहेको धनुष सागरमा वोटिङ्ग सुरु भएपछि सागरको सौन्दर्यता थपिने भएको छ । पोखरी नै पोखरीको शहर भनेर चिनिएको जनकपुरधामको ऐतिहासिक धनुष सागर पोखरीमा नौका विहारका लागि डुङ्गा (नाव) सञ्चालनमा आएको छ । जनकपुरधामको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले स्थानीय गणेश युवा कमिटीले आज (सोमबार) बाट धनुष सागर पोखरीमा नौका बिहारका लागि डुङ्गा सञ्चालनमा ल्याएको हो ।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई नौका विहारको मनोरञ्जन प्रदान गर्न धनुष सागर पोखरीमा सञ्चालित नौका बिहारको प्रदेशसभा सदस्य परमेश्वर साहले उदघाटन गरेका छन् । कमिटीले एउटा डुङ्गाको १ लाख ३५ हजारको लागतमा ५ वटा डुङ्गा ल्याएर सञ्चालन गरेको हो । हाललाई ५ वटा डुङ्गा ल्याएर गणेश युवा कमिटीले नौका विहार सञ्चालन गरेको छ । केहि दिन भित्रै कार्यबिधी बनाएर निश्चित शुल्क लिएर निरन्तर रुपमा नौका बिहार सञ्चालन गरिने कमिटीका अध्यक्ष संतोष कुमार महतोले जानकारी दिए ।

प्रमुख अतिथी साहले गणेश युवा कमिटीले धनुष सागर पोखरीमा नौका बिहार सञ्चालनमा ल्याउनुले सागरको महत्व र सौन्दर्य झनै बढने बताए । यसलाई व्यवस्थित बनाउन कार्यविधि बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । उनले भने, ‘कमिटिका उपाध्यक्ष पत्रकार संजय साहले श्री गणेश मन्दिरको माथीको बनाउन बाँकी रहेको बुर्जा बनाउन सकिए मन्दिरमा चार चाँद लाग्न सक्ने भन्दै मेरो ध्यानाकर्षण गराएका छन, म त्यसको लागि तयार छु ।’ उनले आफु सहयोग गर्ने बताए ।

२०७७ मंसिर १५, सोमबार १६:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय